पूर्व मिस नेपाल निकिता चन्दक फिल्म ‘रानीमहल’ मा − Kalakarita
पूर्व मिस नेपाल निकिता चन्दक फिल्म ‘रानीमहल’ मा

आइतबार, वैशाख २, २०७५, ०५ : ०७कलाकारिता

काठमाडौं, २ वैशाख – सन् २०१७ की मिस नेपाल निकिता चन्दक फिल्म ‘रानीमहल’ मा अनुवन्ध भएकी छिन् । खबरका अनुसार उनले चलचित्र ‘रानीमहल’ मा अभिनय गर्ने भएकी हुन् । गत वर्षकी मिस नेपाल भएपछि चर्चामा आएकी निकिता मिस नेपालको नियम अनुसार एक वर्षसम्म कुनै पनि फिल्ममा अनुवन्ध हुन नपाउने नियम थियो ।

अब भने उनी फ्री भएकी छिन् । यससँगै उनले फिल्ममा अभिनय गर्न लागेको बताइएको छ । तर, यसको औपचारिक घोषणा भने गरिएको छैन । साथै यो फिल्ममा निकितासँगै चितवनका प्रितमराज सेन्चुरी पनि अनुवन्ध भएका छन् । उनी निकितासँगै फिल्ममा देखिनेछन् ।

निकिताले गत वर्ष नै आफू नेपाली सिनेमामा आउन चाहेको बताएकी थिइन् । चलचित्र ‘रानी महल’ समयमा शूटिङ नभएपछि अभिनेत्री वर्षा शिवाकोटीले फिल्मबाट हात झिकेकी थिइन् । उक्त फिल्म छोड्नुको कारण समयमा शूटिङ हुन नसक्नु भएको उनले बताएकी थिइन् ।

यो फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । फिल्ममा आशिष अधिकारीले पनि डेब्यु गर्दैछन् । चलचित्रको कथा दीपक पौडेलले लेखेका हुन् । त्यस्तै नीर शाह, रश्मी भट्ट लगायतका कलाकारले फिल्ममा मुख्य भूमिका निभाउनेछन् ।

यो फिल्म कलाकारले छोड्ने र नयाँ अनुवन्ध हुने कारणले गर्दा नै चर्चामा आइसकेको छ ।


तपाईंको प्रतिक्रिया