फिल्म निर्माता अर्जुन कुमार प्रहरी हिरासतबाट केही घण्टामै छुटे (अपडेट) − Kalakarita
फिल्म निर्माता अर्जुन कुमार प्रहरी हिरासतबाट केही घण्टामै छुटे (अपडेट)

बुधबार, वैशाख ५, २०७५, ०९ : ०७कलाकारिता

काठमाडौं, ५ वैशाख – चेक बाउन्सको अभियोगमा पक्राउ परेका फिल्म निर्माता तथा गायक अर्जुन कुमार डंगोल रिहा भएका छन् । उनलाई व्यापारी रघु अग्रवालले दिएको निवेदनका आधारमा डंगोलकै घरबाट प्रहरीले पक्राउ गरेको थियो ।

डिएसपी मोहन थापाले उनलाई भोलिसम्म हिरासतमा राख्न सकिने बताएका थिए । तर, निवेदन दिएका अग्रवालले आजै प्रहरी कार्यालय पुगेर मिलापत्र गराएपछि उनी रिहा भएका हुन् ।

अग्रवालले आफूले अर्जुन कुमारलाई हिरासतमा राख्न नचाहेकाले आजै प्रहरीसँग मिलापत्र गराएको बताए । पैसाको विषयमा कुरा नमिल्दा उनले निवेदन दिएका थिए । आफूले सापटी दिएको पैसा वर्षौंसम्म नदिएर झुलाएको भनेर उनले निवेदन दिएका थिए ।

निर्माता अर्जुन कुमारले यसअघि चलचित्र ‘फाटेको जुत्ता’ निर्माण गरेका थिए । साथै उनले यसको सिक्वेल निर्माण गर्ने घोषणा पनि गरेका छन् भने केही समयअघि एक गीत पनि सार्वजनिक गरेका छन् ।

यो पनि पढ्नुहोस्

फिल्म ‘फाटेको जुत्ता’ निर्माता अर्जुन कुमार पक्राउ

पछिल्लोपल्ट आइतबार, वैशाख ९, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया