काठमाडौं, २२ फागुन – शीर्षककै कारण विवादमा थन्किएको चलचित्र ‘गाजाबाजा’ अन्ततः रिलिज हुने भएको छ । सेन्सर बोर्ड (केन्द्रीय चलचित्र जाँच समिति) ले फिल्म पास गरेको हो । तर चलचित्रलाई १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न पाउने छैनन् ।
झण्डै एक घण्टा ३० मिनेट लामो चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । त्यस्तै फिल्म एक दिने कथामा निर्माण भएको हो । गाँजाका लागि मरि मेट्ने युवाको कथामा तयार पारिएको फिल्ममा सुशील सिटौला, अनुपम शर्मा, वर्षा शिवाकोटी, रविन थापा, अम्बर सुवेदी, जीवन भट्टराई, गोपाल अर्याल लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा निख एण्ड जटाको संगीत, त्यस्तै याकोपो रास्लिकको छयांकन र लोकेश बजाचार्यको सम्पादन छ ।
चलचित्र फागुन २५ गतेदेखि रिलिज हुँदैछ ।
तपाईंको प्रतिक्रिया