काठमाडौं, ४ असोज – दशैंमा रिलिज हुने भनिएको चलचित्र ‘छक्का पञ्जा ३’ को फस्टलुक सार्वजनिक गरिएको छ । दीपाश्री निरौलाले निर्देशन गरेको यो फिल्म दशैंमा आउने भने पनि रिलिज मिति भने अझै तोकिएको छैन ।
सार्वजनिक गरिएको फस्ट लूकमा फिल्मका मुख्य कलाकार दिपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, वुद्धि तामाङलाई प्रस्तुत गरिएको छ ।
आउँदो शनिवार ट्रेलर सार्वजनिक गर्न लागिएको फिल्मले यसअघि ‘पहिलो नम्बरमा’ बोलको गीत सार्वजनिक गरेको थियो । यो गीतबाट दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । यस्तै फिल्म युनिटले ‘पछि उमेर ढल्केला’ बोलको गीत पनि सार्वजनिक गरिसकेको छ ।
तपाईंको प्रतिक्रिया