मुम्बई – हिन्दी चलचित्र ‘बागी २’ ले बक्स अफिसमा रिलिजको १५ औं दिनमा पनि राम्रो व्यापार गरेको छ । टाइगर श्राफ र दिशा पटानीको यो फिल्ममा वरुण धावनको फिल्म ‘अक्टोवर’ को कुनै असर देखिएन । बागी २ ले बस्क अफिसमा १५० करोड रुपैयाँ कमाएको छ ।
पछिल्लो दिन बागी २ का स्टार टाइगर श्राफको फिल्मको व्यापार देखेर उनका फ्यानले धन्यवाद दिँदै भिडियो पनि सार्वजनिक गरिरहेका छन् ।
यो फिल्म २०१८ को सबैभन्दा धेरै कमाउनेमा दोस्रो बनेको छ । अझ ग्लोबल बक्स अफिसमा फिल्मको कमाई २ सय करोड पुगेको आँकडा भारतीय मिडियाले सार्वजनिक गरेका छन् ।
यो फिल्मले ‘पद्मावत’ पछि सबैभन्दा धेरै कमाइ गरेको छ । फिल्मले बलिउडका अर्का हिट अभिनेता वरुण धावनको फिल्म रिलिज भएपछि पनि राम्रो व्यापार गरेको छ । भलै अक्टोवरले पनि शुक्रवार रिलिज पाएको थियो । उक्त फिल्मले शुक्रवार र शनिवार गरेर साढे १२ करोडको व्यापार गरेको बताइएको छ ।
तपाईंको प्रतिक्रिया