काठमाडौं, १२ असार – अभिनेता अनमोल केसी पछिल्लो समयका नेपाली फिल्मका सर्वाधिक बिकाउ अनुहार हुन् । कसैको नाममा फिल्मको टिकट बिक्छ, जहिँकतै पुग्दा सर्वाधिक खोजी र चर्चा हुन्छ भने त्यो अनुहार अनमोल नै हो । त्यसैले त फिल्म निर्माता, निर्देशकदेखि विभिन्न क्षेत्रसँग जोडिएका व्याक्ति तथा संस्था र कम्पनिले उनलाई आफ्नो ब्राण्डसँग जोड्न मरिहत्ते गर्छन् ।
यो बीचमा हालै अनमोल एक ब्राण्डको एम्वेस्डर बनेका छन् । प्राप्त जानकारी अनुसार अनमोलले ‘क्याप्स’ ब्राण्डको लुगाको एम्वेस्डर बन्दा महंगो पारिश्रमिक लिएका छन् । १ बर्षको कन्ट्रयाकमा अनमोल नेपालको लागी ‘क्याप्स’को एम्वेस्डर बनेका हुन् । श्रोतका अनुसार अनमोलले १५ लाख बढि पारिश्रमिक लिएका छन् । कम्पनिले भने अनमोललाई कति पारिश्रमिक दिएको भन्ने बारे सिधा खुलाएको छैन । १५ लाख नै नेपाली कुनै पनि सेलिब्रेटीले हालसम्म ब्राण्ड एम्वेस्डर बन्दा लिएको पारिश्रमिक सर्वाधिक हुनसक्छ ।
‘क्याप्टेन’ फिल्मको सुटिङमै पुगेर शनिबार मात्रै ‘क्याप्स’ ब्राण्डको तर्फबाट गौतम बैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । गौतमले पछिल्लो क्रमको अग्र पङ्गतिको अभिनेता भन्दै अनमोललाई आफ्नो ब्राण्ड प्रवर्धकको रुपमा अनुबन्धन गराएको बताए । आकर्षक लुक्सका धनी अनि सर्वाधिक फ्यान फलोइङ भएका स्टार भएकै कारण आफ्नो ब्राण्डप्रति ग्राहक आकर्षणको लागी अनमोल पहिलो रोजाइ बनेको गौतमको भनाइ छ ।
पछिल्लो पटक बजारमा आएको छोटो समयमा नै लोकप्रिय बनिसकेको नेपाली ब्राण्ड ‘क्याप्स’ले काठमाडौं सहितनेपालगञ्ज, पोखरा, बुटवल, धरान, बिराटनगर, इटहरी, जनकपुर लगायत देशका ५० बढि स्टोरहरुमा आफुलाइ उपलब्ध गराइसकेको बजार प्रवन्धक दीपक नेपालीले बताए ।
(इमेलमा प्राप्त असम्पादित समाचार)
तपाईंको प्रतिक्रिया