दीपक जंगम र गीता अधिकारी सम्मानित हुने − Kalakarita
दीपक जंगम र गीता अधिकारी सम्मानित हुने

बुधबार, भाद्र १३, २०७५, १० : ०९कलाकारिता

काठमाडौं, १३ भदौ – नेशनल क्यापीटल लाइफटाइम अवार्ड दीपक जंगम र साङ्गीतिक पत्रकारिता सम्मान गीता अधिकारीलाई प्रदान गरिने भएको छ ।

विगत ५ बर्षदेखि सुगम साङ्गीतिक एवम् साँस्कृतिक र सास्त्रिय सङ्गीतको क्षेत्रमा सक्रिय रहँदै आएको क्यापीटल इभेन्टले यो बर्षको विएफडियर हिल नेशलन क्यापीटल लाइफटाइम एचिभमेन्ट अवार्ड बरिष्ठ सङ्गीतकार दीपक जंगमलाई प्रदान गर्ने भएको हो । त्यसैगरी यो बर्षको विएफडियर हिल साङ्गीतिक पत्रकारिता सम्मान सञ्चारकर्मी गीता अधिकारीलाई प्रदान गर्ने भएको छ ।

आयोजकका समितिको मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको नेशनल क्यापीटल म्युजिक अवार्ड कार्यक्रम संयोजक कविता धितालले जानकारी गराएकी छन् ।

उनकाअनुसार आगामी भदौ १७ गते नेपाल पर्यटन बोर्डको सभाहलमा चौथौ विएफडियर हिल नेशनल क्यापीटल म्युजिक अवार्ड प्रदान गरिने छ । उक्त समारोहमा नेपाली आधुनिक गीतसङ्गीत क्षेत्रका करिव ३५ विधाका उत्कृष्ट स्रष्टालाई अवार्ड वितरण गरिने बताइएको छ ।


तपाईंको प्रतिक्रिया