‘ब्ल्याक प्यान्थर’ मा त्यस्तो के थियो र अरबौं डलर कमायो? − Kalakarita
‘ब्ल्याक प्यान्थर’ मा त्यस्तो के थियो र अरबौं डलर कमायो?

बुधबार, फागुन ३०, २०७४, १० : ०९कलाकारिता

अमेरिका – हलिउडको फिल्म ‘ब्ल्याक प्यान्थर’ फिल्मले दुनियाँभरबाट एक अरब डलरभन्दा धेरै कमाइ ग–यो ।

यो फिल्ममा ओकान्डा नामक एक काल्पनिक अफ्रिकी देश छ, जुन देशमा अभिनेता च्याडबिक बाजम्यान यस देशमा आइपर्ने अपराधसँग लड्ने एक शासन बन्छन् । यस देशलाई धर्तीमा सबैभन्दा आधुनिक देशका रुपमा बनाइएको छ ।

यो फिल्ममा ओस्कार विजेता लूपीता न्योंगो, माइकल बी जोर्डन र डेनियल कलूयाले पनि मुख्य भूमिका निभाएका छन् । साथमा फिल्म ‘द हबिट’ का स्टार मार्टिन फ्रिम्यानले सीआईए एजेन्टको भूमिका निभाएका छन् ।

फिल्मलाई एक वृहद गेम चेन्जरका रुपमा तारिफ गरिएको छ । पूर्वी अमेरिकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाले फिल्ममा धेरै काला कलाकार हुनुको पनि तारिफ गरे । फिल्मका निर्देशक रेयान कुगलर पनि काला छन् ।

बक्स अफिसका विश्लेषक जेफ बकले न्यूयोर्क टाइम्सलाई बताएका छन्, ‘मलाई लाग्छ, यो एक पर्खाललाई ढलाउने जस्तै हो, ‘ब्ल्याक प्यान्थर’ लिएर अब कुनै स्टुडियो अब भन्न सक्दैनन् कि, काला जातिका कलाकारले फिल्म चलाउन सक्दैनन्, कालाले खेलेको फिल्मका कमाई कम हुने गर्छ ।’

डिज्नीको टिकट विक्रीका अनुसार फिल्मले रिलिजको २६ औं दिनमा एक अरब कमाई गरेको छ ।

फिल्मसम्बन्धी साइट आइएमडीबीले एक अरब डलर कमाउने फिल्म जम्मा ३२ वटा छन् । तीमध्ये ब्ल्याक प्यान्थर पनि जोडिएको छ । समीक्षकले यस फिल्मले कल्पना गरेको विश्वलाई रुचाएको पनि बताएका छन् ।

एजेन्सी

पछिल्लोपल्ट बिहीबार, चैत्र १, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया