फिल्म ‘मनाङे नानी’ ले सार्वजनिक गर्‍यो दुई पोस्टर − Kalakarita
फिल्म ‘मनाङे नानी’ ले सार्वजनिक गर्‍यो दुई पोस्टर

बिहीबार, चैत्र १५, २०७४, ०९ : ०९कलाकारिता

काठमाडौं, १५ चैत – चलचित्र ‘मनाङे नानी’ को फस्ट लूक सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा निर्माता तथा निर्देशक सोभित बस्नेत पनि उपस्थित थिए । उनले फिल्म राम्रो बनेको विश्वास व्यक्त गरे ।

चलचित्रमा भीम गुरुङ, शान्ति गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ, खुशी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको सत्तरी प्रतिशत छायांकन मनाङमा गरिएको निर्माण टिमले जानकारी दिएको छ ।

साथै चलचित्रमा खुस बहादुर गुरुङको कथा, पटकथा, संगीत र निर्देशन छ ।

चलचित्र आउँदो बैशाख १४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।


तपाईंको प्रतिक्रिया