३६ दिन लगाएर सकियो ‘चंगा चेट’ को छायांकन − Kalakarita
३६ दिन लगाएर सकियो ‘चंगा चेट’ को छायांकन

शुक्रबार, वैशाख २१, २०७५, ०८ : ०९कलाकारिता

काठमाडौं, २१ वैशाख – दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चंगा चेट’ को छायांकन सकिएको छ । झण्डै एक महिना लगाएर फिल्मको छायांकन सकिएको निर्देशक दीपेन्द्र के. खनालले बताए ।

निर्देशक खनालले सामाजिक सञ्जाल फेसबूकमा केही तस्वीर शेयर गर्दै फिल्मको छायांकन सकिएको लेखेका छन् । ‘३६ औं दिनमा चलचित्र चंगाचेटको छायांकन सकिएको छ, सम्पूर्ण टिमलाई धन्यवाद साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्दछु ।’, उनले लेखेका छन् ।

चलचित्रमा प्रियंका कार्की, आयुष्मान जोशी, सन्दीप क्षेत्री, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

त्यस्तै चलचित्रलाई निरज कँडेलले छायांकन गरेका हुन् भने माधव वाग्लेले निर्माण गरेका हुन् ।


तपाईंको प्रतिक्रिया