नेपाल आइडलकी सन्ध्या जोशीले ल्याइन् ‘समय’ − Kalakarita
नेपाल आइडलकी सन्ध्या जोशीले ल्याइन् ‘समय’

मंगलबार, फागुन २२, २०७४, ११ : ०९कलाकारिता

काठमाडौं, २२ फागुन – चर्चित रियालिटी शो ‘नेपाल आइडल’ मा टप आठबाट बाहिरिएकी सन्ध्या जोशीले नयाँ गीत सार्वजनिक गरेकी छिन् । जोशीले आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

‘समय’ बोलको गीतमा उनको स्वर र शब्द छ । शब्दमार्फत सफलतामा पुग्न प्रेरित गरिएको छ । साथै गीतमा संगीत सन्ध्या जोशी र सुरज जोशीको सुन्न सकिन्छ भने गीतलाई अजर जंगमले एरेन्ज गरेका हुन् । नेपाल आइडलपछि एकाएक व्यस्त बनेकी जोशीले लामो समयको अन्तरालपछि गीत सार्वजनिक गरेकी हुन् । केही समयअघि उनले सोही गीतको टिजर सार्वजनिक गरेकी थिइन् ।

गीतको भिडियोमा सन्ध्या आफै फिचरिङमा छिन् । त्यस्तै भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् ।


तपाईंको प्रतिक्रिया