यी बिजनेस म्यानसँग डेटिङ गर्दैछिन् आलिया भट्ट − Kalakarita
यी बिजनेस म्यानसँग डेटिङ गर्दैछिन् आलिया भट्ट

शनिबार, माघ २७, २०७४, ०८ : १०कलाकारिता

मुम्बई – बलिउडकी क्युट अभिनेत्री आलिया भट्टको केही दिन पहिले सिद्धार्थ मल्होत्रासँग ब्रेकअप भएको थियो । अहिले के खबर बाहिर आएको छ भने उनको जीवनमा नयाँ साथीको इन्ट्री भइसकेको छ । भारतीय मिडियामा लेखेको एक समाचारका अनुसार आलियाले बिजनेस म्यान क्याविन मित्तलसँग डेटिङ गरिरहेको खबर छ ।

पछिल्ला दिनमा रणवीर कपूर र आलिया भट्टको अफेयर चलेको खबर चर्चा चलेको थियो । एक समाचार साइट ‘मिड डे’ का अनुसार आलिया भट्टले रणवीर कपूरसँग हैन कि, क्याविन मित्तलसँग डेटिङ गरिरहेकी छिन् ।

आलिया र क्याविनको पहिलो भेट अक्टुवर २०१७ मा वल्र्ड इकोनोमिक फोरमका दौरानमा भएको थियो । त्यसपछि दुवैको भेटघाट बढ्यो र एकअर्कालाई मन पराउन थाले । क्याविन अरबपति बिजनेस म्यान सुनील मित्तलका छोरा हुन् । साथै उनी सामाजिक सञ्जाल हाइक म्यासेन्जरका फाउन्डर पनि हुन् ।


तपाईंको प्रतिक्रिया