काठमाडौं, २९ असार – भारतीय सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै टिकट बेचेर झुक्याएको आरोपमा ओडीसी इन्टरटेनमेन्टका निर्देशक सीमान्त गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।
बलिउड अभिनेता सलमान खानलाई गत फागुन २६ गते नेपाल ल्याउने भन्दै ओडीसीले टिकट बिक्री गरेको थियो । सलमान खानले पनि नेपाल आउने भन्दै सामाजिक सञ्जालमा समेत लेखेका थिए । तर, विप्लव माओवादीले दिएको धम्कीपछि सलमान खान नेपाल आउने कार्यक्रम सारिएको थियो ।
पछि सलमान खान जेठमा आउने भने पनि उक्त हल्ला हल्लामै सीमित भएको थियो ।
टिकट बेची ठगी गरेको भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ । टिकट बेचेको, फिर्ता नगरेको लगायतका उजुरी उनीमाथि परेका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया