काठमाडौं । आउँदो शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चंगाचेट’ मार्फत दर्शकमाझ आउँदैछिन् परमिता राणा । यसअघि उनी अभिनित फिल्म ‘रोज’ रिलिज भएपनि खासै राम्रो प्रतिक्रिया पाउन सकेन । अझ परमिताको अभिनयको त झन् तारिफ नै भएन ।
यतिबेला परमिता नयाँ लूकमा देखिन थालेकी छिन् । उनको आफ्नो हेयरस्टाइलमा परिवर्तन ल्याएकी छिन् । चलचित्र ‘चंगाचेट’ को पत्रकार सम्मेलनका क्रममा भेटिएकी परमिताले आफूलाई सधै नयाँ लूक ट्राइ गर्न मन लाग्ने भएकाले हेयर स्टाइल फरक बनाएको बताइन् ।
‘न्यू लूक ट्राइ गर्न मन थियो, लामो कपाल घरपरिवारले काट्न नदिने भएकाले कसैलाई नभनी काट्न गएँ’, उनले भनिन्, ‘अहिले सुहाएको छ भनेर धेरै कमेन्ट आएको छ, कसैले त जापानिजजस्तो देखिन्छ पनि भनिरहनु भएको छ ।’
केही समयअघि उनको जन्मदिनमा ब्राइफ्रेन्डले दिएको औँठीलाई लिएर कतिपयले इङ्गेजमेन्ट भएको समेत भनेपनि त्यतिबेला इङ्गेजमेन्ट नभएर जन्मदिनको गिफ्ट पाएको उनले स्पष्ट पारिन् ।
उक्त भेटमा पत्रकारले सोधे, तपाईंले केही समयअघि दश वर्षसम्म बिहे गर्दिन भन्नुभएको थियो नि? उक्त प्रश्नको हाँस्दै जवाफ दिँदै उनले ‘नगर्न पनि सक्छु’ भन्ने प्रतिक्रिया दिएकी थिइन् ।
यद्यपि उनी यतिबेला भने प्रेमसम्बन्धमा छिन् ।
भेटमा परमिताले चलचित्र ‘चंगाचेट’ को बारेमा बताउँदै फिल्म राम्रो र मनोरञ्जनमूलक भएको बताइन् । उनले भनिन्, ‘फिल्म पूर्णतः मनोरञ्जनमूलक छ, हामी हल–हलमा पनि पुग्दैछौँ, दर्शकसँग त्यतै भेट होला ।’
चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् भने माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् ।
तपाईंको प्रतिक्रिया