बुद्ध लामाको नयाँ गीत सार्वजनिक, पललाई अब भगवान नचाहिने − Kalakarita
बुद्ध लामाको नयाँ गीत सार्वजनिक, पललाई अब भगवान नचाहिने

आइतबार, चैत्र ४, २०७४, ०८ : १०कलाकारिता

काठमाडौं, ४ चैत – ‘नेपाल आइडल’ को उपाधी जितेका बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ । सुगम संगीत उक्त गीतमा प्रेमिल भावना समेटिएको छ ।

अमेरिकामा बस्दै आएका गजलकार सुरेश वाग्लेले लेखेको गीत ‘तिमी साथ भएपछि’ मा प्रेमका शब्द सजाइएको छ । प्रेमिकाको साथ पाएपछि भगवानको साथ पनि नचाहिने कुरा गीतमा प्रस्तुत गरिएको छ ।

गीतमा अहिलेको चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको छ । त्यस्तै गीतमा हरि लम्सालले संगीत भरेका छन् ।

साथै गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने उत्सव दाहालले छायांकन गरेका छन् । त्यस्तै भिडियोको सम्पाद निशान घिमिरेले गरेका हुन् ।


तपाईंको प्रतिक्रिया