सौगात र निखिलको ‘संरक्षण’ फेरि चल्ने भयो − Kalakarita
सौगात र निखिलको ‘संरक्षण’ फेरि चल्ने भयो

मंगलबार, फागुन ८, २०७४, १० : १०कलाकारिता

काठमाडौं, ८ फागुन – चलचित्र ‘संरक्षण’ पुनः प्रदर्शन हुने भएको छ । मधेशको समस्यालाई उठान गरिएको चलचित्र राजनैतिक अस्थिरताका कारणले चल्न पाएको थिएन । अब होलीको अवसर पारेर चलचित्र रिलिज गरिने भएको हो ।

पुर्णेन्द्र झा निर्देशित चलचित्रलाई निर्देशक झा, रमेश रञ्जन झा र प्रदीप उदयले निर्माण गरेका हुन् ।

चलचित्रमा निखिल उप्रेती र सौगात मल्ल, कामेश्वर चौरासिया, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, मलिना जोशी लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको कथा मधेशमा देखिएको उल्झन र मधेश आन्दोलनको प्रतिबिम्ब हो ।


तपाईंको प्रतिक्रिया