सलमान खानले एक दिनको कमेडी शोका लागि यति पैसा लिन्छन् − Kalakarita
सलमान खानले एक दिनको कमेडी शोका लागि यति पैसा लिन्छन्

बिहीबार, फागुन ३, २०७४, १० : १०कलाकारिता

काठमाडौं, ३ फागुन – बलिउड अभिनेता सलमान खानका फ्यान विश्वभर नै छन् । फिल्ममा जत्तिकै टिभीबाट प्रशारण हुने कार्यक्रममा पनि देखिने सलमान धेरै शो मा गेष्ट रोलमा हुन्छन् । अर्कातिर भारतमा कमेडी शोले पनि भारतमा राम्रो प्रभाव पारेका हुन्छन् ।

कपिल शर्माले आफ्नो कमेडी शो हिट बनाएर अर्को शो ल्याउनै लाग्दा बलिउड तथा टिभी अभिनेता राम कपूर पनि छिट्टै नै नयाँ कमेडी शो मार्फत दर्शकमाझ आउँदैछन् । प्रोमोमा सलमान खान पनि देखिएका छन् । कमेडी हाई स्कुल नाम दिइएको उक्त शोमा सलमान खान पनि देखिने भएका छन् ।

यस शोका लागि सलमान खानले कति रकम लिए होलान् त? भारतीय समाचार माध्यमका अनुसार उक्त टिभी शोको एक एपिसोडका लागि सलमान खानले ४ करोड रुपैयाँ लिइरहेका छन् ।

सलमान खानलाई दिएको यो पैसा उठाउनका लागि निर्माण टिमले कार्यक्रमको ग्रान्ड ओपनिङ गर्ने भएको छ ।


तपाईंको प्रतिक्रिया