काठमाडौं, २४ मंसिर – युवास्टार अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका दुवै पोस्टरमा अनमोल केसीलाई देखाइएको छ ।
पोस्टरमा उनी खेलाडीका रुपमा प्रस्तुत भएका छन् । यही फिल्मका लागि अनमोलले आफ्नो तौल समेत घटाएको बताएका थिए । आउँदो फागुन १७ मा रिलिज हुने भनिएको यो फिल्ममा सुनील थापा र प्रशान्त ताम्राकारको पनि अभिनय रहनेछ ।
आउँदो बिहीवार पहिलो गीत सार्वजनिक गर्ने तयारीमा रहेको फिल्मको स्पोर्टस् जानरामा निर्माण गरिएको हो ।
भुवन केसीले निर्माण गरेको यो फिल्मलार्ई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने फिल्ममा अभिनेत्रीका रुपमा उपासना सिंह ठकुरी र प्रियंका एभीले डेब्यु गर्दैछन् ।
यस्तै चलचित्रमा सामीयराज तिमिल्सिनाको कथा, नवराज उप्रेतीको छायांकन, चन्द्र पन्तको द्वन्द्व रहेको छ भने विल्सन विक्रम राई, राजाराम पौडेल, सरोज खनाल, बुद्धि तामाङ लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।
पछिल्लोपल्ट मंगलबार, पुष ३, २०७५ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया