‘अमेरिका ब्वाइज’ को टिजर सार्वजनिक − Kalakarita
‘अमेरिका ब्वाइज’ को टिजर सार्वजनिक

सोमबार, चैत्र ५, २०७४, ०८ : ११कलाकारिता

काठमाडौं, ५ चैत ( चलचित्र अमेरिका बोइज को टिजर सार्वजनिक भएको छ ।

फिल्ममा अर्पण थापा सुनिल थापा सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, ‌अभय बराल , श्रष्टि कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल मनिष राउत लगायतका कलाकारहरुको अभिनय छ ।

त्यस्तै प्रवेश पौडेलले निर्देशन गरेका हुन् । सीबर्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता समिर खरेल हुन् भने सह निर्माताका रुपमा अनुप थापा यमुना खरेल र राज के.सी रहेका छन् ।

चलचित्रमा कथा, स्क्रीनप्ले र सम्वाद विवेक पाण्डे, छायाङ्कन आलोक शुक्ला, सम्पादन निमेष श्रेष्ठको रहेको छ ।

चलचित्र जेठ १८ देखि नेपालभर रिलिज हुँदैछ ।


तपाईंको प्रतिक्रिया