कहिलेकाहीं मलाई साम्राज्ञी शाह भनेर झुक्किन्छन्ः सुजिना श्रेष्ठ − Kalakarita
कहिलेकाहीं मलाई साम्राज्ञी शाह भनेर झुक्किन्छन्ः सुजिना श्रेष्ठ

आइतबार, माघ २८, २०७४, १० : ११कलाकारिता

काठमाडौं, २८ माघ – नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री साम्राज्ञी शाहको आफ्नै पहिचान छ । ड्रिम्स अभिनेत्री साम्राज्ञीले अभिनय गरेका चलचित्रले सफल व्यापार गरेका छन् । उनी अहिले लाखौं दर्शक उनका फ्यान बनेका छन् ।

संगीत क्षेत्रमा कभर गायिकाका रुपमा सुजिना श्रेष्ठका पनि आफ्नै फलाअर्स छन् । सुजिना श्रेष्ठलाई सांगीतिक क्षेत्रमा नचिन्ने दर्शक कमै छन् ।

उनै सुजिनाले एक अन्तर्वार्तामा आफूलाई कतिले त साम्राज्ञी शाह भनेर झुक्किएको बताएकी छिन् । र्‍यापर गिरिश खतिवडाले लिएको एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘कोही त मलाई साम्राज्ञी भनेर झुक्किन्छन्, एकदिन राति आइसक्रिम खाँदै हिँडिरहेका थियौं, ओए, साम्राज्ञी पनि बाटोमा हिँड्दै रैछ भनेको सुनें ।’

पप शैलीका गीत गाउने सुजिना श्रेष्ठलाई धेरैले कभर सिंगरका रुपमा चिन्दै आएका छन् । आफूलाई सानैदेखि अभिनयमा रुचि भएपनि फिल्म गर्ने मेसो नमिलेको बरु गीत गाउन थालेको उनले बताइन् । ‘अभिनय र संगीत दुवैमा रहर थियो तर आमाको प्रेरणा र दुईमा एक रोज्नुपर्दा म म्युजिकमा लागें ।’, उनले अन्तर्वार्तामा भनेकी छिन् ।

पछिल्लोपल्ट शनिबार, फागुन १२, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया