

काठमाडौं, १३ साउन – चलचित्र ‘मेरी मामु’ को गीत सार्वजनिकसँगै निर्माता अयुब सेनको चर्चा शुरु भएको छ । आफ्नै बुबा सन्तोष सेनले उनलाई होम प्रोडक्सनको फिल्ममा डेब्यु गराएका हुन् ।
‘आमा’ बोलको शीर्ष गीतमा अयुब सेनको अभिनयको धेरैले तारिफ गरेका छन् । सात वर्षीय अयुबले आफ्नी आमा गुमाउनुपरेको पीडालाई पर्दामा उतारेका छन् ।
रिलिज गरिएको गीतमा रोहितजोन क्षेत्रीको स्वर रहेको छ भने कल्याण सिंहले संगीत दिएका छन् । गीतका शब्दलाई रुवि मल्लले लेखेकी हुन् ।
यम थापाले लेखन तथा निर्देशन गरेको यो फिल्ममा अयुब सेनसँग सारुक ताम्राकार, कुसुम गुरुङ, भुवन चन्द, दुर्गा मल्ल लगायतका कलाकारले अभिनय गरेका छन् भने चलचित्र भदौ १५ गतेदेखि रिलिज हुँदैछ ।
तपाईंको प्रतिक्रिया