केकी जी साह्रै अनलक्की ! − Kalakarita
केकी जी साह्रै अनलक्की !

शुक्रबार, वैशाख २१, २०७५, ०३ : १२कलाकारिता

काठमाडौं, २१ वैशाख – केकी अधिकारी यस्ती अभिनेत्री हुन्, जो सधै चर्चामा रहन्छिन्, क्युट पनि छिन् । मिलनसार पनि छिन् । तर, उनका फिल्मले व्यावसायिक रुपमा सफलता हासिल गर्दैनन् ।

हुन त व्यावसायिक रुपमा हिट हुँदैमा कलाकारलाई सफल र असफलको तराजुमा जोख्न त मिल्दैन तर पनि कतै न कतै फिल्मको व्यापारको कुरा आउँछ, उनी चुक्छिन् ।

चलचित्र ‘राज्जा रानी’ मा अभिनय गरिन् । फिल्मको चर्चा पनि राम्रै भयो, अभिनयले पनि ठीकै चर्चा पायो तर फिल्मले व्यापार गरेन । अर्को फिल्म ‘ऐश्वर्य’ मा पनि उनको भूमिका राम्रै थियो तर प्रचारमा उनलाई खासै सामेल गराइएन । प्रेस शो देखि पोस्टर र ट्रेलरमा पनि नयाँ हिरोइन दीपिका प्रसाईंलाई नै पु–याइयो । केकी छुटिन् ।

अहिले उनको फिल्म ‘कोहलपुर एक्सप्रेस’ प्रदर्शन भइरहेको छ तर उनले उक्त फिल्ममा पनि खासै राम्रो चर्चा पाउन सकिनन् । केही फ्यानले त उनलाई चोरेर फिल्म बनाएको भनेर गाली गर्नुसम्म गरे । तर, उनको मात्र दोष थिएन, भलै दोष सबैभन्दा धेरै उनकै टाउकोमा थोपरियो ।
यही फिल्मलाई अर्कोतिर हलिउड फिल्म ‘एभेन्जर इन्फिनिटी वार’ ले पनि मिचिदियो । हल कम पाउँदा केकीलाई तनाव नहुने कुरै भएन ।

कहिले हलवाला, कहिले वितरक, कहिले दर्शक, कहिले फिल्म मेकर, यतिबेला केकीलाई तनाव छ । काम बढेको छ । अब त उनलाई निर्मात्रीको अनुभव पनि भयो । बौद्धिक अभिनेत्रीका रुपमा हेरिने केकीलाई अरुले गाली गर्दा पनि शान्त छिन् । तर, भित्रभित्रै तनाव त भइरहेको होला । अब नयाँ फिल्मकी उनी निर्मात्री बनिन् भने त धेरै अनुभव कमसेकम उनका लागि काम त लाग्लान् नि ।

(तस्वीरः गुगल, कसैले आग्रह गरे हटाउन सकिने)


तपाईंको प्रतिक्रिया