अनिताको तीज गीतमा नीता र रामजी (भिडियो) − Kalakarita
अनिताको तीज गीतमा नीता र रामजी (भिडियो)

बुधबार, साउन ९, २०७५, १० : १२कलाकारिता

काठमाडौं, ९ साउन – महिलाहरुको महान चाड मानिने तीज आउन अझै एक महिनाजस्तो बाँकी नै छ । तर गायक गायिका अनि नायक नायिकाहरुलाई भने यसको रौनकले छोईसकेको छ । पछिल्लो क्रममा दिनहुँजसो विभिन्न गायक गायिकाको स्वरमा तीज लक्षित गीतहरु बाहिर आइरहेका छन् ।

यो बीचमा रामजी खाँड र अनिता चलाउनेको स्वर समावेश पछिल्लो तीज विशेष गीति भिडियो हालै सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक गीत डान्सिङ फ्लेभरको छ । ‘नहेर राजै त्यसरी’ बोलको गीतमा अभिनेत्री नीता ढुङ्गानाले कम्मर मर्काएकी छिन् ।

तीज गीतमा खासै नृत्यमा नदेखिने नीताले यो पटक भने आफुलाई अघि सारिन् । नीताले रोमान्टिक मुडमा नहेर राजा त्यसरी भन्दा उनलाई साथमा साथ गायक रामजी खाँडले नै दिएका छन् । सुन्दर कोरियोग्राफीमा छायांकन गरिएको गीतका शब्दहरु झट्ट मनमा बस्ने प्रकारका छन् ।

घनश्याम रिजालको शब्द समावेश गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् दुर्गा पौडेलले खिचेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् । गीतमा संगीत गायक तथा मोडल समेत रहेका खाँडको नै छ ।


तपाईंको प्रतिक्रिया