काठमाडौं, ३ पुस – अभिनेता दयाहाङ राई पछिल्लो समय त्यति सक्रिय छैनन् पनि खासै फरक पर्दैन । कुनै समय उनका फिल्म आउँदा बजारमा ठूलै चर्चा हुने गथ्र्यो । तर अहिले दर्शकले पत्याउन छोडेको संकेत देखिएको छ ।
यतिबेला दयाहाङ राईले अभिनय गरेका केही फिल्म रिलिजको क्रममा छन् । केही हप्तायता एकपछि अर्को फिल्ममा फेरि उनको कमब्याक हुँदैछ । तर, अहिलेसम्मको आधारमा हेर्ने हो भने तीमध्ये धेरै फिल्मले बजारमा खासै ठूलो हाइप बनाउन सकेका छैनन् । पहिले फिल्ममा फरक भूमिका निभाउने कलाकार भनेर वाहवाही बटुलेका दयाहाङ आजभोलि भने उस्तै भूमिकामा मात्रै देखिएका हुन्छन् ।
आजै दयाहाङ राई अभिनित फिल्म ‘दयारानी’ को पोस्टर सार्वजनिक गरियो । उक्त पोस्टर काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको थियो । पोस्टर रिलिज कार्यक्रममा दयाहाङ राई पनि उपस्थित थिए । पत्रकारले राईलाई सोधे – तपाईं निर्देशक चाहिँ कहिले बन्ने?
उनको प्रश्नको उत्तरमा दयाहाङ राईले आफूले फिल्म निर्देशन गर्ने तर कहिले गर्ने भनेर अहिले नै भन्न नसक्ने बताए । उनले भने, ‘फिल्म निर्देशन त मैले गर्छु, तर कहिले गर्छु अहिले भन्न सकिन्न, आफूलाई चित्तबुझ्दो फिल्म आएछ भने पक्कै गर्छु ।’
पछिल्ला समय अभिनयमा खासै कमाल गर्न नसकेका दयाहाङ थिएटरमा भने मज्जैले जमेका कलाकार हुन् । अन्तर्वार्तामा फिल्म क्षेत्रका कमजोरी पक्षहरुलाई पनि केलाउने अभिनेता राईले फिल्म निर्देशन गरे भने कस्तो फिल्म बनाउने छन्, त्यो हेर्न बाँकी छ ।
तपाईंको प्रतिक्रिया