गायक राजेश पायल राई दुर्घटनामा परे − Kalakarita
गायक राजेश पायल राई दुर्घटनामा परे

शुक्रबार, चैत्र २३, २०७४, ०७ : १२कलाकारिता

काठमाडौं, २३ चैत – गुल्मी महोत्सवमा सहभागी जनाउन गुल्मीको तम्घास जाँदै गर्दा चर्चित गायक राजेश पायल राई सामान्य दुर्घटनामा परेका छन् । उनी चढेको कार एक ट्याक्सीसँग ठोक्किँदा दुर्घटना भएको हो ।

कार र ट्याक्सी ठोक्किँदा सात जना घाइते भएका छन् भने राजेश पायल राई चढेको ट्याक्सीमा सामान्य क्षति पुगेको छ । ट्याक्सीमा सवार एक जना भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । राजेश पायल राई चढेको गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

तेस्रो गुल्मी महोत्सवमा भाग लिने गएका राजेश पायल राई दुर्घटनामा परेका हुन् । तर, राईलाई खासै चोट नलागेको बताइएको छ ।


तपाईंको प्रतिक्रिया