काठमाडौं । नायिका पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’ भदौ २२ मा रिलिज हुँदैछ । यसैबीच चलचित्रको प्रचारमा फाइदा पुग्ने उद्देश्यले फिल्म युनिटले एक गीत सार्वजनिक गरेको छ ।
‘आएँ म तिम्रो छेउ’ बोलको गीतमा आकाश र पूजाको प्रेम, आँसु र रोमान्सलाई समेटिएको छ । गीतमा अर्जुन पोखरेलको संगीत छ भने सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ ।
यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यसअघि उनले चलचित्र ‘म यस्तो गीत गाउँछु’ निर्देशन गरेका थिए । जसमा पूजा शर्मा नायिकाका रुपमा थिइन् । ‘रामकहानी’ मा पूजा र आकाशसँगै जितु नेपाल, केदार घिमिरे, राजाराम पौड्याल, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।
तपाईंको प्रतिक्रिया