काठमाडौँ, ९ वैशाख – करेन्ट पब्लिकेसन्सद्वारा प्रकाशित नेपाली भाषामा अनुदित एक दर्जन चिनियाँ लोककथा र समसामयिक पुस्तकहरुको आज यहाँ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले विमोचन गरे ।
अध्यक्ष तिमिल्सिनाले चिनियाँ अनुदित पुस्तकले चिनियाँ संस्कृतिको जानकारी गराउनुका साथै जनता–जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिल्ने बताए ।
उनले नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित रहेको जनाउँदै सरकार–सरकारका बीचमा समस्या आए पनि जनता जनताबीचको सम्बन्धले आपसमा सहजता ल्याउने उल्लेख गरे ।
चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई, पब्लिकेसन्सका अध्यक्ष किरण गौतम, साहित्यिक पत्रकार रोचक घिमिरेले विमोचित पुस्तकहरुबारे टिप्पणी गरेका थिए ।
तस्वीरः अशोक पौडेलको फेसबूकबाट
तपाईंको प्रतिक्रिया