काठमाडौं, २८ जेठ – दीपकराज गिरीले निर्माण गर्ने र दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्का पञ्जा ३’ मा स्वस्तिमा खड्काको इन्ट्री भएको छ ।
पोखरामा छायांकन चलिरहेको यो फिल्मको एक भूमिकामा स्वस्तिमालाई लिइएको हो । उनले शनिवारबाट शूटिङ थालिसकेकी छिन् ।
यसअघि छक्का पञ्जा २ मा प्रियंका कार्की र स्वस्तिमा खड्का आमा छोरीको भूमिकामा थिए ।
यो चलचित्र रिलिजअघि नै विभिन्न कारणले चर्चामा छ । फिल्मको एक भूमिकाबाट पुष्प खड्काले हात झिकेका थिए भने उक्त भूमिकामा सञ्जोग कोइरालालाई अनुबन्ध गरिएको थियो । फिल्ममा दीपिका पर्साईं, दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, नीर शाह, किरण केसी, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय रहनेछ ।
चलचित्र दशैंको फूलपातीको दिन पारेर रिलिज गरिने उद्घोष मुहूर्त अगाडि नै गरिएको थियो ।
तपाईंको प्रतिक्रिया