इरफान खान छिट्टै फर्किँदैछन् भारत ! − Kalakarita
इरफान खान छिट्टै फर्किँदैछन् भारत !

बिहीबार, भाद्र ७, २०७५, ०१ : १३कलाकारिता

मुम्बई – पछिल्लो दिन जुन तरिकाले इरफान खान बिरामी भएको खबर छ । यी समाचारले इरफान खानका फ्यानबीच हलचल मच्चिएको छ । इरफानले पनि सामाजिक सञ्जालमा बिमारलाई लिएर विभिन्न तस्वीर शेयर गर्ने गर्छन् ।

समाचारका अनुसार इरफान खानको स्वास्थ्यमा पछिल्लो समय सुधार भएको छ । यस कारण उनी छिट्टै भारत फर्किने सम्भावना छ । भारत फर्केर इरफानले ‘हिन्दी मिडियम’ को स्वीक्वेलमा काम गर्ने सम्भावना छ ।

यस बाहेक इरफानको अरु तयारी के हुन सक्ला? यसबारेमा भने केही जानकारी बाहिर आएको छैन । इरफान यतिबेला न्यूरो एन्डोक्राइन ट्युमरका नामको बिमारबाट पीडित छन् । उनी अहिले लण्डनमा उपचार गराइरहेका छन् ।


तपाईंको प्रतिक्रिया