

काठमाडौं । नायिका सारा सिर्पालीको नेपाली सिनेमामा डेब्यु फिल्म ‘रुद्र’ बाट एक्सन स्टार निखिल उप्रेतीसँग भएको थियो । त्यसपछि उनले निखिलसँगै अर्को फिल्म ‘पिंजडा ब्याक अगेन’ मा निखिलसँगै काम गरिन् ।
बक्स अफिसमा दुवै फिल्म फ्लप रहे । तर, सारालाई भने फ्लप हुनु परेको छैन । यतिबेला सारा फिल्म ‘सुश्री सम्पत्ति’ मा सलोन बस्नेत र विनोद न्यौपानेसँग रोमान्स गर्दैछिन् ।
तेस्रो फिल्म रिलिज नहुँदै दर्शकमाझ परिचित साराको पछिल्लो समय अनमोल केसीसँग अफयेअर चलेको भनेर विभिन्न गसिप पनि आइरहेको छ । तर साराले भने यो गसिपलाई ठाडै ‘रिजेक्ट’ गरिन् । ‘इन्स्टाग्राममा फलो गर्दैमा कसैसँग प्रेम हुन्छ भन्ने होइन, म उहाँसँग प्रेममा छैन ।’, साराले भनिन् ।
फिल्म रिलिजको मुखमा भेटिएकी साराले ‘सुश्री सम्पत्ति’ बाट आफू निकै आशावादी भएको पनि बताइन् । साथै यो फिल्ममा काम गर्दा अझ बढी सहज लागेको पनि उनले बताइन् ।
‘यो टिममा काम गर्दा के रमाइलो रह्यो भने आफ्नै उमेरकासँग काम गर्दा अझै सजिलो लाग्यो, सिनियरसँग काम गर्दा म केही नर्भस भएकी थिएँ ।’, साराले सुनाइन् ।
उनी अभिनित फिल्म ‘सुश्री सम्पत्ति’ चाहिँ यही मंसिर २८ गतेबाट प्रदर्शन हुँदैछ । फिल्मलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।
तस्वीरहरूः अनिल थापा
पछिल्लोपल्ट सोमबार, मंसिर २४, २०७५ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया