

जुम्ला २२ वैशाख – गायिका ज्योति मगरलाई चन्दननाथ नगरपालिकाले गुन्यूचोलो उपहार दिएको छ । नगरपालिकाकी मेयर कान्तिका सेजुवालले यहाँ हुन लागेको व्यापार महोत्सवमा प्रस्तुति दिन आएकी ज्योतिलाई परम्परा झल्काउने गुन्यूचोलो उपहार दिएकी हुन् ।
उनलाई सामाजिक सद्भाव फैलाउन प्रेरणा मिलोस् भन्ने उद्देश्यले उपहार दिएको मेयरले बताइन् । ‘उहाँको प्रस्तुतिका बारेमा धेरै टिप्पणी आए, जुम्ला अएका बेला महिलाको पहिचान झल्कने पोशाक दिएका हौं ।’, मेयर सेजुवालले भनिन् ।
साथै जुम्ला कला तथा संस्कृतिको उद्गम भूमि भएको र पहिरनको महत्त्व भएको पनि उनले बताइन् । उपहार ग्रहण गर्दै गायिका मगरले आफूले नेपाली संस्कृतिलाई पहिलेदेखि नै माया गर्ने गरेको बताइन् ।
तर, ज्योति मगर लगायत केही गायक गायिकालाई समाजमा विकृति फैलाउन भूमिका खेलेको भन्ने आरोप लाग्ने गर्छ ।
तपाईंको प्रतिक्रिया