दीपकराज गिरीलाई फिल्म चलाउन दशैँ नै चाहियो ? − Kalakarita
दीपकराज गिरीलाई फिल्म चलाउन दशैँ नै चाहियो ?

शुक्रबार, जेठ १०, २०७६, ०८ : १४कलाकारिता

काठमाडौं – अभिनेता दीपकराज गिरीले चलचित्र ‘छक्का पञ्जा ३’ को प्रचारका बेला अब आफूहरु दशैँ पारेर रिलिज नगर्ने अभिव्यक्ति दिएका थिए । किनकि, दशैँको उपलक्ष्यमा अर्को फिल्म ‘जय भोले’ पनि प्रदर्शन भएको थियो ।

गिरीले मात्र होइन, फिल्मको प्रचारका बेला आफूहरुको फिल्म दशैँमा नआउने र राम्रो फिल्म बने दशैँ कुर्न नपर्ने भन्दै दीपाश्री निरौलाले पनि बोलेकी थिइन् । तर आफूले बोलेको एक वर्ष नपुग्दै यो टिमले फेरि दशैँमा नै रिलिज हुने गरी फिल्म निर्माणको घोषणा ग–यो । जुन फिल्म दशैँको मौका पारेर आउने गरी बिहीवारबाट छायांकन थालिएको छ । फिल्मको नाम हो, छ माया छपक्कै । निर्देशक छन् दीपेन्द्र लामा ।

दीपकराज गिरीले वर्षमा एउटा फिल्म ल्याउने र त्यो पनि दशैँकै लागि ल्याउने अनि अर्कातिर फेरि फिल्मको प्रचारका बेला अर्कोपटक दशैँमा हामी आउँदैनौ भन्ने ?

आखिर फिल्मको व्यापारका लागि दशैँ नै चाहिने भए पहिले हामी फेरि पनि दशैँमा आउन सक्छौँ भनेको भए दर्शक झुक्याएजस्तो त हुने थिएन नि !


तपाईंको प्रतिक्रिया