सञ्जय दत्तले सिफारिस गरे ऐश्वर्या राय बच्चन − Kalakarita
सञ्जय दत्तले सिफारिस गरे ऐश्वर्या राय बच्चन

बिहीबार, चैत्र २२, २०७४, ०१ : १४कलाकारिता

मुम्बई – बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको चार्म र सुन्दरताले बलिउडमा उनलाई अलग बनाइदिएको छ । अहिले पनि ऐश्वर्यालाई फिल्मका अफर आइरहेका छन् । उनी अभिषेक बच्चनकी पत्नी हुन् ।

फिल्मबाट अफर आएपनि उनी चुजी छिन् । धेरै फिल्म रिजेक्ट गर्छिन् । उनको अभिनय क्षमतालाई देखेर फिल्ममेकर जुनसुकै भूमिका दिन पनि अन्कनाउँदैनन् । ऐश्वयाले पछिल्लो समय ‘रात और दिन’ र ‘वो कौन थी’ लाई रिमेकमा अभिनय गर्न अफर आएको बताएकी छिन् ।

दुवै फिल्ममा उनको भूमिका शानदार छ । अर्को फिल्म शब्दको शूटिङका दौरानमा अभिनेता सञ्जय दत्तले पनि ‘रात और दिन’ को रिमेक बन्यो भने त्यसमा ऐश्वर्या राय बच्चनलाई नै मुख्य भूमिका दिनका लागि सुझाव दिएका थिए । फिल्मका बारेमा धेरै खबर बाहिर नआएपनि उक्त फिल्ममा सञ्जय दत्त पनि हुन सक्ने भारतीय मिडियाले लेखेका छन् ।

हाल ऐश्वर्या ‘फन्ने खाँ’ को शूटिङमा व्यस्त छिन् । उनले यो फिल्ममा आफ्नो भूमिका कहानीका हिसाबले धेरै राम्रँे भएको बताएकी थिइन् । यस फिल्ममा अनिल कपूर र राजकुमार राव पनि देखिनेछन् । ऐश्वर्या यसभन्दा अघि करण जोहरको फिल्म ‘ऐ दिल है मुस्किल’ मा देखिएकी थिइन् ।


तपाईंको प्रतिक्रिया