युट्युब रिलिज भयो दयाहाङ राईको फिल्म ‘झुम्की’ (फिल्म) − Kalakarita
युट्युब रिलिज भयो दयाहाङ राईको फिल्म ‘झुम्की’ (फिल्म)

शनिबार, साउन ५, २०७५, ०८ : १४कलाकारिता

काठमाडौं, ५ साउन – अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ अभिनित फिल्म ‘झुम्की’ युट्युबमा सार्वजनिक गरिएको छ । सिनेमा घरमा दयाहाङ राई अभिनित ‘भैरे’ रिलिज भइरहेका बेला युट्युबमा पनि दयाहाङकै फिल्म रिलिज भएको हो ।

फिल्ममा दया र रिस्मासँगै भोलाराज सापकोटा, मलिना जोशी, प्रमोद अग्रहरी, विजय बराल, रविन्द्र सिंह बानियाँ लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई रामबाबु गुरुङले लेखेका हुन् ।

फिल्म हलमा खासै नरुचाइएको यो फिल्म युट्युब रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा परेको छ ।

फिल्मलाई अपिल विष्टले निर्देशन गरेका हुन् ।


तपाईंको प्रतिक्रिया