शान्ती श्री परियारले ल्याइन् ‘चिल गाडी’ − Kalakarita
शान्ती श्री परियारले ल्याइन् ‘चिल गाडी’

शुक्रबार, मंसिर १४, २०७५, ०७ : १४कलाकारिता

काठमाडौं, १४ मंसिर – पछिल्लो समय फरक फरक प्रस्तुति बजारमा ल्याएर सर्वाधिक चर्चा मा रहेकी चर्चित गायिका शान्ति श्री परियार र गायक पुर्ण संयोगको फेरी अर्काे मनै छुने गीत “चिल गाडि ” सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई सुसेली म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

देशमा भर ब्यप्त बलत्कारको घटनमा परेकी बालिका र परदेशमा गएका नेपाली युवाको कठिन आत्मकथालाई गीतमा ब्यक्त गरिएको छ । धन कमाउन गएका नेपाली दाजु भाइ दिदी बहिनीहरू काठको बाकसमा फर्किनु परेको छ भने घर परवारको बिचल्ली भएको छ । त्यतिमात्र नभएर आफनो घरमा फर्कदा परिवारका सदस्य गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।

बास्तविक जिवन घटनामा आधारित गीतमा पुर्ण संयोग र लोकराज सिंहको शब्द तथा लय सिर्जनमा वियोगान्त गीत लेखिएको छ । राजेश घिमिरेको छायाँकन , अमर शाक्यको सम्पादन , कपिल लामाको निर्देशन र विमल अधिकारी र सारिका केसीको अभिनय रहेको छ ।


तपाईंको प्रतिक्रिया