काठमाडौं, २९ चैत – द हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपालको ताज यस वर्ष श्रंखला खतिवडाले उचालेकी छिन् । बुधवार राति काठमाडौंको होटल अन्नपूर्णमा भएको कार्यक्रममा उनलाई मिस नेपाल घोषणा गरिएको थियो ।
हेटौंडा घर भएकी २२ वर्षीय श्रंखला खतिवडाले ताज र एक लाख रुपैयाँ हात पारिन् । त्यस्तै काठमाडौंकी २२ वर्षीय रोनाली अमात्यले मिस नेपाल इन्टरनेशनल घोषित भइन् भने २३ वर्षीय प्रिया सिग्देल मिस नेपाल अर्थ भइन् । साथै गोरखाकी २२ वर्षीय मनिता देवकोटा मिस नेपाल युनिभर्स भइन् ।
विजेताले ताज सहित जनही नगद एक–एक लाख पाए ।
नेपलको समृद्धिका लागि मुख्य तीन के काम गर्न सकिन्छ भन्ने निर्णायकको प्रश्नमा मिस नेपाल श्रंखलाले चित्तबुझ्दो उत्तर दिएकी थिइन् । श्रंखलाले यसको उत्तरमा व्यरोक्रेसी राम्रो बनाउनुपर्ने, युवा शसक्तीकरण र म गर्न सक्छु भन्ने भावना आउनुपर्ने धारणा राखेकी थिइन् ।
उनलाई अघिल्लो वर्षकी मिस नेपाल निकिता चन्दकले मिस नेपालको ताज पहिराएकी थिइन् । मिस नेपाल श्रंखला खतिवडा एमालेका सांसद विरोध खतिवडाकी छोरी हुन् ।
तपाईंको प्रतिक्रिया