पञ्चेबाजाको ‘म केही बोलुँ’ मा सौगात र कर्माको यस्तो द्वन्द्व − Kalakarita
पञ्चेबाजाको ‘म केही बोलुँ’ मा सौगात र कर्माको यस्तो द्वन्द्व

शुक्रबार, माघ २६, २०७४, १० : १५कलाकारिता

काठमाडौं, २६ माघ – चलचित्र ‘पञ्चेबाजा’ ले नयाँ गीत सार्वजनिक गरेको छ । पञ्चेबाजा टिमले युट्युबमार्फत ‘म केही बोलुँ’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा सौगात मल्ल, कर्मा र जास्मिन श्रेष्ठबीचको द्वन्द्व देखाइएको छ । नेपाल आइडलमा सहभागी भएका राहुल विश्वासले उक्त गीतमा स्वर दिएका छन् भने सबिन एकतारेले गीतका शब्द लेखेका छन् भने कालीप्रसाद बास्कोटाको संगीत छ ।

प्रदीप भारद्वाजको स्किृप्टमा तयार भएको फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । फिल्ममा सौगात, कर्मा र जास्मिन बाहेक बुद्धि तामाङ, सृजना सुब्बा, प्रकाश घिमिरे, सविन बास्तोला लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्र यही फागुन ११ गतेदेखि नेपालभर रिलिज हुँदैछ ।


तपाईंको प्रतिक्रिया