

काठमाडौं, २८ वैशाख – हिम रश्मी हाई स्कुलका विद्यार्थीहरुले आफ्ना वार्षिक गविधिहरुको प्रदर्शन गरेका छन् । ब्रिटिस काउसिन्लले सञ्चालन गरेको ISA प्रोजेक्ट अन्तर्गत विद्यालयले वर्षभरि परियोजना कार्यका रुपमा विभिन्न गतिविधिहरु सञ्चालन गरेको थियो । ISA (इन्टरनेशनल स्कुल अवार्ड) का लागि विद्यालयले विभिन्न ११ वटा परियोजना सञ्चालन गरेको थियो ।
ती हरेक परियोजनामा विद्यार्थीहरुले वर्ष भरी गरेका क्रियाकलाप, प्रतिवेदन लेखन अध्ययन अनुसन्धान र भिडियोलाई प्रदर्शनीमा राखिएका थिए । त्यस प्रदर्शनीमा अभिभावक तथा विभिन्न विद्यालयका विद्यार्थीहरुले अवलोकन गरेका थिए ।
पाठ्यक्रम र पाठ्य पुस्तकमा भएका विषयलाई कसरी व्यवहारिक ढंगले पढाउन सकिन्छ भन्ने अनुभवलाई छिमेकी विद्यालयहरु विच साटा साट गर्नका लागि प्रदर्शनी आयोजना गरिएको कुरा ISA को–अर्डिनेटर रामचन्द्र पोख्रेलले बताए । विद्यार्थीहरुलाई हरेक विषयलाई कसरी प्रोजेक्ट वेशमा पढाउन सकिन्छ भन्ने कुरा छिमेकी विद्यालय माझ अनुभव वाँडनका लागि प्रर्दशनी आयोजना गरिएको विद्यालयका प्रिन्सिपल लोकेन्द्र वहादुर खड्काले बताए । परियोजना भित्र निजी तथा सार्वजनिक विद्यालय सहकार्य, अन्तराष्ट्रिय सहकार्य, अन्तरिक विद्यालय परियोजना र स्थानीय पाठ्यक्रम रहेका थिए ।
प्रदर्शनको क्रममा झ्याउरे गीतको परियोजना गरेका कक्षा ७ का विद्यार्थीहरुले अन्तराष्ट्रिय सहकार्यका रुपमा श्री लङ्काको लोक गीत प्रस्तुत गरेका थिए भने कक्षा ९ का विद्यार्थीहरुले अरविक फातुस सलाद बनाएर अवलोकन कर्ताहरुलाई खान दिएका थिए ।
तपाईंको प्रतिक्रिया