![](http://kalakarita.com/wp-content/uploads/2021/12/kalakarita-new-logo-FINAL-150x150.png)
![](https://kalakarita.com/wp-content/uploads/2018/02/aamir-khan.jpg)
मुम्बई – बलिउडका सुपरस्टार आमिर खानले आफ्नो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ का कुनै तस्वीर पनि लिक होऊन् भन्ने चाहन्नन् । तर उनको फिल्मका केही तस्वीर सार्वजनिक भएकै छन् ।
यतिबेला भने फिल्मको टाइटल ट्रयाक शूटिङ भइरहेको छ । जहाँ क्याटरिना कैफ पछि आमिर खान र फातिमा सना शेखको तस्वीर पनि लिन भएको छ । केही समय पहिले मात्र आमिर र क्याटरिनाको तस्वीर लिक भएको थियो ।
लिक भएको तस्वीर हेर्दा लाग्छ, गीतका लागि ठूलो सेट बनाइएको छ र बढी संख्यामा अन्य कलाकारलाई पनि नचाइएको छ । यो गीतलाई तडक भडक गीतका रुपमा पनि हेरिएको छ फिल्मको ।
ठग्स अफ हिन्दुस्तान सन् १८३९ मा प्रकाशित मेडोज टेलरको उपन्यास ‘कन्फेसन्स अफ ठग’ मा आधारित छ । यस फिल्ममा एक युवा आफ्नो पूरै ग्याङका साथ अंग्रेज सरकारसँग लडाइँ गर्न तयार हुन्छ । फिल्ममा आमिर, क्याटरीना, फातिमाका साथ अमिताभ बच्चन पनि देखिनेछन् ।
तपाईंको प्रतिक्रिया