![](http://kalakarita.com/wp-content/uploads/2021/12/kalakarita-new-logo-FINAL-150x150.png)
![](https://kalakarita.com/wp-content/uploads/2018/03/d-cine-award.jpg)
काठमाडौं, १५ चैत – विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आइरहेको ‘डि’ सिने अवार्ड २०७५ को दशौं संस्करणका लागि चलचित्रहरुको औपचारिक दर्ता आह्वान गरिएको छ ।
पहिलो, दोश्रो र तेश्रो राष्ट्रिय नाचघर जमलमा, चौथो, पाचौं र छैठौं नेपाल एकेडेमी कमलादीमा, सातौं कार्की वैंकेट ववरमहलमा, आठौं संस्करण ग्राण्ड होटल पोखरामा एवं नवौं संस्करण ओम्याक्स हेटौडामा आयोजना गरिएको डि सिने अवार्ड १० औं संसकरण काठमाडौंमा आयोजना गरिने कार्यक्रम संयोजक मणीराज गौतमले बताए ।
०७४ को बैशाख १ देखि चैत्र ३० सम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रका लागि दर्ताको आव्हान गरिएको छ । ०७४ सालमा प्रदर्शनमा आएका चलचित्रहरुको प्रतिस्पर्धाका आधारमा गरिने यो डि सिने अवार्डलाई प्रतिष्ठित अवार्डको रुपमा लिने गरिन्छ । उपत्यका बाहिर समेत आयोजना गरिने नेपालको एकमात्र अवार्ड डि सिने अवार्डलाई यसपटक भने काठमाडौंमा आयोजना गरिन लागेको हो ।
आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियका अनुसार दुई वर्ष लगातार उपत्यका बाहिर गरिएपछि यस पटक भने काठमाडौंमा आयोजना गरिन लागेको उनले बताए । लगातार दुई वर्ष उपत्यका बाहिर र त्यसपछिको वर्ष काठमाडौंमा गरिने क्रम जारी रहने पनि उनले बताए ।
खासगरी डिजिटल प्रविधिमा निर्माण भएका चलचित्रलाई प्रोत्साहित गरी नेपाली चलचित्रमा प्राविधिक गुणस्तरको बृद्धिमा सघाउ पुर्याउने उद्देश्यले डि सिने अवार्डको स्थापना २०६६मा भएको थियो । प्रविधिको विकाससँगै डि सिने अवार्डको लक्ष्य अनुसार सबै नेपाली चलचित्र डिजिटलमा बन्न थालेको पनि ४/५ वर्ष भैसकेको छ । लगानी बढाउन सकिँदैन भने प्रविधि र प्रस्तुतिमा जोड दिनुपर्छ भन्ने डि सिने अवार्डले मान्यता बोकेको अध्यक्ष प्रियले बताए ।
प्रतिक्षित एवं प्रतिष्ठित अवार्डको मान्यता बोकेको डि सिने अवार्डको दर्ता समय चैत्र महिनाभरलाई तोकिएको छ । अवार्डलाई अझै भव्य, सभ्य एवं सुसंस्कृत बनाउँदै डि सिने अवार्डको दशौं संस्करण जेष्ठको दोश्रो साता काठमाडौंमै आयोजना गरिने पनि छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।
यो समाचार कलाकारिता टिमबाट सम्पादन गरिएको छैन ।
तपाईंको प्रतिक्रिया