‘भारत’ मा सलमान खानकी श्रीमती को बन्लिन्? − Kalakarita
‘भारत’ मा सलमान खानकी श्रीमती को बन्लिन्?

सोमबार, साउन १४, २०७५, १० : १६कलाकारिता

मुम्बई – प्रियंका चोपडा र निक जोनासको इंगेजमेन्टको खबरले धेरै उत्साहित छन् । प्रियंकाले हलिउडबाट फर्केर सबैभन्दा पहिले फिल्म ‘भारत’ मा अभिनय गर्ने भइन् । तर अहिले उनी फिल्ममा छैनिन् ।

निर्देशक अली अब्बास जफरले प्रियंका फिल्ममा अभिनय गर्न लागेको र नभएको दुवै जानकारी दिएका थिए । फिल्मबाट प्रियंका हटिसकेपछि अब को सलमान खानसँग नायिका हुने भनेर चर्चा शुरु भएको छ ।

प्रियंका अहिले टप बलिउड अभिनेत्रीमा गनिन्छिन्, त्यसैले निर्माण टिम टप अभिनेत्री नै छान्नतिर लागेको छ ।

खबरका अनुसार अब फिल्म ‘भारत’ मा दीपिका पादुकोण या क्याटरिना कैफमध्ये एक रहने सम्भावना देखिएको छ । फिल्ममा जो अभिनेत्री भएपनि सलमान खानकी पत्नीका रुपमा देखिनेछिन् । अहिलेसम्म फिक्स त भएको छैन । तर क्याटरिना र दीपिकामा एकजना रहन सक्ने बताइएको छ ।

दर्शकले सलमान र क्याटरिनाको जोडी कैयन् फिल्ममा देखेपनि दीपिका र सलमानको जोडी भने देखेका छैनन् ।


तपाईंको प्रतिक्रिया