रोशन ‘तल्कोटे’ का चार मुक्तक − Kalakarita
रोशन ‘तल्कोटे’ का चार मुक्तक

आइतबार, चैत्र ११, २०७४, ११ : १६कलाकारिता
रोशन 'तल्कोटे'

प्यारमा धेरै प्यार प्यार भएर होला
मन प्यासी मुटु कायर भएर होला
आफैलाई उसले देवदास घोषित गरिसक्यो
शायद बैराग एक सार भएर होला ।।

***

नजिकिनु सुम्सुमाउनु मसाला थियो र
बेला कुबेला भेटिरहनु के चाला थियो र
तारन्तार पत्रको ओइरो पो थियो त
त्यति बेला प्रेम के पखाला थियो र ??

***

मन्दिरले झुपडीलाई भन्यो; तँ भन्दा म कति पवित्र
हेर एक चोटी म भित्रका विराजमान विशाल चित्र
झुपडी बिस्तारै चल्मलायो; नियाल्यो वरिपरि
मुस्कुराउँदै जवाफ दियो; दाँजौं न त दुवैका चरित्र ।।

***

मान्छेले भगवान बनायो, सालिक बनायो
आफ्नो स्वार्थका वयस्क, बालिग बनायो
शक्ति चाहिएको छ कमजोर पनि चाहिएको छ
आफैलाई चाहिने मजदुर र मालिक बनायो ।।

@बाजुरा


तपाईंको प्रतिक्रिया