दयाहाङ र केकीको ‘घामपानी’ युट्युबमा (फिल्म) − Kalakarita
दयाहाङ र केकीको ‘घामपानी’ युट्युबमा (फिल्म)

बिहीबार, साउन ३१, २०७५, १० : १६कलाकारिता

काठमाडौं, ३१ साउन – दयाहाङ राई र केकी अधिकारी अभिनित चलचित्र ‘घामपानी’ युट्युबमा सार्वजनिक गरिएको छ । हलमा यो चलचित्रले राम्रै प्रतिक्रिया पाएको थियो । समीक्षात्मक रुपमा समेत सकारात्मक प्रतिक्रिया पाएको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

एक गाउँमा पढाउने फुर्वा (दयाहाङ राई) र काठमाडौंबाट पढेर गाउँ फर्किएकी तारा (केकी अधिकारी) को प्रेमकथामा फिल्मको कथा अगाडि बढ्दछ ।

चलचित्रमा केकी र दयाहाङका अलावा अंकित खड्का, शिल्शा जिरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङ, बुद्धि तामाङ, कविता आले लगायतले अभिनय गरेका छन् ।

त्यस्तै चलचित्रमा काली प्रसाद बाँस्कोटा र चन्द्र क्मार डोङको संगीत, निमेश श्रेष्ठको सम्पादन, शैलेन्दू डी कार्कीको छायांकन रहेको छ ।

चलचित्रको कथा समीक्षक समेत रहेका दीपेन्द्र लामाले नै लेखेका हुन् । यस्तै निर्मातामा ओम गुरुङ, ओम चन्द रौनियार, शैलेन्द्र कार्की, विश्व गौचन लगायत छन् ।


तपाईंको प्रतिक्रिया