सलमान खान जेल गए, प्रभावित भए करौडौंका फिल्म − Kalakarita
सलमान खान जेल गए, प्रभावित भए करौडौंका फिल्म

बिहीबार, चैत्र २२, २०७४, ०७ : १६कलाकारिता

जोधपुर, राजस्थान, २२ चैत – भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोकेको छ ।

तर अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका उहाँका साथीहरू सैफ अली खान, तावु, नीलम र सोनाली बेन्द्रलगायतलाई भने सफाई दिएको छ ।

करिब २० वर्ष पहिले हिन्दी सिनेमा ‘हम साथ साथ हें’ को सुटिङको शिलशिलामा सलमानसहितका चार कलाकार र स्थानीय दुश्यन्त सिंहले दुर्लब कृष्णसार मारेको आरोपमा मुद्दा चलेको थियो ।

सलमान खानले पाँच वर्ष जेल सजाय र १० हजार जरिवाना तोकिएको अभियोजक महिपाल विस्नोइले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिए ।

अभिनेता सलमान खानलाई वन्यजन्तु संरक्षण ऐनको दफा ९ (५१) अनुसार अधिकतम छ वर्षको जेल सजाय हुनेगरी दोषी ठहर गरिएको छ ।

उक्त मुद्दाउपर अन्तिम सुनुवाई गत मार्च महिनामा भएपनि प्रमुख न्यायाधीश देव कुमार खत्रीले निर्णयलाई तत्काल सार्वजनिक नगरी रोकेर राखेका थिए ।

सलमानको मुद्दाका विरुद्ध बहस गरेका सरकारी वकीलका अनुसार सवै कलाकार सलमान खानद्वारा चलाएको जिप्सी (गाडी)मा रातीमा यात्रा गरिरहेका समय कृष्णसारको समूह देखेपछि त्यस समूहका दुई मृगलाई मारेका थिए ।

सलमान खान बिहीबार कालो कमिजमा सहयोगीसहित अदालत पुगेका थिए ।

प्रभावित भए करौडौंका फिल्म

सलमान खान यस सयम फिल्म रेस ३ मा व्यस्त थिए । रेमो डिसुजाले निर्देशन गरेको फिल्मको शूटिङ अब रोकिएको छ । केही दिनअघि मात्र उनले स्टन्ट गरेको फिल्मको दृश्य बाहिरिएको थियो । फिल्मको बजेट १ सय करोड रुपैयाँको हो । यसमा सलमान खान मुख्य भूमिकामा छन् ।

त्यस्तै उनले फिल्म ‘भारत’ मा पनि तत्कालै काम शुरु गर्ने योजना बनिरहेको थियो । जुन कोरियन फिल्मको रिमेक फिल्म थियो । यदि सलमान खानलाई लामो सजाय भयो भने उनको यो फिल्म पनि फ्रिज हुने सम्भावना छ । अथवा, सलमानको सट्टामा अरुलाई लिइनेछ ।

त्यस्तै फिल्म ‘दबंग ३’ र ‘किक २’ पनि प्रभावित हुने भएका छन् । यी फिल्ममा काम गर्नका लागि सलमानले काम गर्ने योजना बनेको थियो । त्यस्तै टेलिभिजनको चर्चित शो ‘बिग बोस १२’ मा पनि सलमान खानका सट्टा अन्य होस्टको खोजी हुने सम्भावना देखिएको छ । यस शोबाट सलमान खानले ११ करोड पारिश्रमिक लिने गरेका थिए ।


तपाईंको प्रतिक्रिया