मुम्बई – रानी मुखजीले आफ्नी आमाले भनेका कारण फिल्म करिअर शुरु गरेकी थिइन् । उनी आफ्ना पिताले बनाएको बंगाली फिल्म ‘बियेर फूल’ मा काम गरेकी थिइन् । पछि त्यही फिल्म ‘राजाकी आएगी बारात’ को नाममा पनि बन्यो, जुन फिल्ममा रानी मुख्य भूमिकामा थिइन् ।
रानीका लागि फिल्मी करिअर कहिल्यै सहज भने थिएन । सन् १९९८ मा आमिर खानसँग विक्रम भट्टको फिल्म ‘गुलाम’ मा काम गरेकी थिइन ।
उक्त फिल्मबाट रानीले चर्चा पनि पाएकी थिइन् । तर त्यतिबेला निर्माता टिम र आमिर खानलाई पनि उनको आवाज मन परेको थिएन । रानीले आमिर खानलाई आफ्नो आवाज मन नपरेको बल्ल अहिले आएर बताएकी छिन् ।
पछि त्यो फिल्मको उनको भूमिकाको आवाज डबिङ पनि गरिएको थियो ।
त्यसपछि रानीले करण जौहरको फिल्म ‘कुछ कुछ होता है’ मा काम गरिन् । यो फिल्ममा करणले पहिले रानीको आवाज डबिङ गर्ने योजना बनाएका थिए तर पछि रानीको आवाजमै काम चलाए ।
रानीले भनेकी छिन्, ‘करण नयाँ निर्देशक थिए, उनले मेरो आवाज अरु कसैसँग डबिङ गराउन सक्थे, तर उनले ममा भरोसा गरे र भरोसा दिलाए कि, मेरो आवाज मेरो आत्मा हो ।’
त्यसै कारण पनि आफूलाई हिम्मत जुटेको बताउँछिन् रानी ।
कुछ कुछ होता है पछि आमिर खानले फोन गरेर आफूसँग माफी मागेको बताएकी छिन् । पछि आमिरले तिम्रो आवाज फिल्मका लागि सही छ, मैले आफ्नो शब्द फिर्ता लिन्छु, तिम्रो आवाज राम्रो छ भनेर फोन गरेको रानीले बताएकी छिन् ।
यतिबेला रानी मुखर्जी आफ्नो आगामी फिल्म हिचकीको प्रमोसनमा व्यस्त छिन् ।
पछिल्लोपल्ट बिहीबार, चैत्र ८, २०७४ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया