मुम्बई – बलिउड अभिनेतालाई भारतमा महानायक पनि भन्ने गरिन्छ । उनी आजभोलि फिल्ममा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छन् । जब कुनै कुरा आउँछ, उनी त्यसबारेमा ट्वीट गरिहाल्छन् ।
ट्वीट लेख्नुअघि उनले खुबै ख्याल पनि गर्छन् । ग्रामर पनि चेक त गर्छन् तर धेरै उनले ट्वीट बिगार्छन् र माफी माग्छन् ।
बेलाबेलामा गल्ती लेख्ने अमिताभले फेरि गल्ती ट्वीट लेखेका छन् । उनले लगत्तै आफ्नो गल्ती सुधारेर माफी पनि मागेका छन् ।
खासमा उनले पुरानो फिल्मका बारेमा ट्वीट गर्ने गर्छन् । फिल्मको तस्वीर ट्वीट गर्दै त्योसँग जोडिएका कुरा शेयर गर्ने गर्छन् । हालै अमिताभको फिल्म ‘काला पत्थर’ ३९ वर्ष पूरा भएको छ । यसै सन्दर्भमा उनले एउटा ट्वीट गरेर ३७ वर्ष पूरा भएको लेखे ।
एक घण्टापछि उनले माफी मागे र गल्ती सुधारे । दोस्रो ट्वीटमा उनले लेखे, ‘माफ गर्नुहोला, गल्ती सुधार्छु, काला पत्थर ३९ साल पूरा भयो ।’
पछिल्लो समय बच्चन आफ्नो फिल्म ब्रह्मास्त्रकी को–स्टार आलियाका बारेमा ट्वीट गर्दा गल्ती गरेका थिए । बेलाबेला उनले गल्ती भने गरिरहन्छन् । पछि सच्याइहाल्छन् ।
तपाईंको प्रतिक्रिया