स्टार कलाकारको स्टारडम फिल्म राम्रो नबने पनि बच्ने हो? − Kalakarita
स्टार कलाकारको स्टारडम फिल्म राम्रो नबने पनि बच्ने हो?

आइतबार, भाद्र २४, २०७५, ०९ : १६कलाकारिता

काठमाडौं, २४ भदौ – यतिबेला सिनेमा घरमा चलचित्र ‘रोज’ चलिरहेको छ । उक्त चलचित्रमा अहिलेका चर्चित अभिनेता प्रदीप खड्का छन् ।

अर्कातिर पूजा शर्माको फिल्म ‘रामकहानी’ पनि सिनेमा घरमा चलिरहेको छ । दुवै चलचित्रले घरेलु दर्शक तानिरहेका छन् । दुवै फिल्मले राम्रो व्यापार गरेको भनिएको छ ।

केही समयअघि अनमोल केसीको फिल्म ‘कृ’ रिलिज भएको थियो । फिल्म खासै राम्रो नभएको भन्ने प्रतिक्रिया आयो । अनमोलको फिल्म हेर्न दुई दिन दर्शक हलमा ओइरिए । त्यसपछि बिस्तारै घट्दै गए । अनमोलको क्रेजमा भने अलिकति पनि कमी आएन । उनको फ्यान फलोइङलाई पनि असर पारेन । निर्माता, निर्देशकका लागि अनमोललाई फिल्म खेलाउन लामै समय कुर्नुपर्ने अवस्था आयो ।

प्रदीप खड्कामा पनि यही लागू भएको छ । यसअघि रिलिज भएको प्रदीपको फिल्म ‘लिलिबिली’ ले खासै राम्रो व्यापार गर्न सकेन । बरु प्रदीप र निर्देशक मिलन चाम्ससँगको सम्बन्ध पनि बिग्रियो । फिल्म रिलिजअघि जुन हाइप थियो, त्यो हाइप रिलिजपछि एकाएक घट्यो ।

अहिले रिलिज भएको प्रदीपकै फिल्म ‘रोज’ लाई पनि दर्शकले औसत भएको प्रतिक्रिया दिइरहेका छन् । तर, प्रदीपको क्रेजमा भने अलिकति पनि तलमाथि भएको छैन ।

फिल्मकै अभिनयका कारण लाखौं फ्यान कमाएका प्रदीपका दुई फिल्मले लगातार औसत व्पायार गरे । तर पनि निर्माताले उनलाई फिल्म खेलाउन कुर्नेसमेत गरेका छन् ।

फिल्म रिलिजपछि अनमोल र प्रदीप दुवैका फिल्मले कमाल गर्न नसक्दा पनि यी दुईको स्टारडममा अलिकति पनि घटबढ भएको छ । बरु दुवै कलाकारले पाएको पारिश्रमिक झनभन्दा झन् बढ्दै जाँदा अहिले कतिपयले के भन्न थालेका छन् भने साँच्ची स्टारको फिल्म लगातार फ्लप भए पनि फरक पर्दैन हो?


तपाईंको प्रतिक्रिया