

काठमाडौं, २१ जेठ – यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चंगा’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ । अर्थात्, यो फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले सबैका लागि हेर्न मिल्ने प्रमाण पत्र दिएको हो ।
‘डिट्ठा साप’ नामक टेलिफिल्मबाट चर्चा कमाएका किशोर भण्डारीले निर्देशन गरेको यो फिल्म पारिवारिक र कमेडी भनिएको छ । एउटा गाउँको कथा र त्यही गाउँमा घट्ने केही घटनालाई फिल्ममा कथा बनाइएको छ । फिल्म युनिटले हिजो मात्र गीत सार्वजनिक गरेको थियो ।
चलचित्रमा बुद्धि तामाङ, अंकित खड्का, कमलमणि नेपाल, रेश्मा तिमिल्सिना, जीवन भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्मकी निर्मात्री रेश्मा तिमिल्सिना हुन् भने फिल्मको कथालाई निर्देशक भण्डारीले लेखेका हुन् ।
तपाईंको प्रतिक्रिया