

काठमाडौं, १९ फागुन – फिल्म निर्देशक दयाराम दाहाल कविता लेखकका रुपमा पाठक माझ आएका छन् । हुन त निर्देशक दाहाल चलचित्रमा कथा र गीत लेखन विधामा पहिले देखि नै सक्रिया रहँदै आएका थिए । तथापी विधिवत् रुपमा निर्देशक दाहालको कविता संग्रह ‘शब्द-संग्राम’ बजारमा आएको छ ।
शुक्रवार राजधानीमा एक कार्यक्रमबीच रक्षामन्त्री ईश्वर पोखरेलको प्रमूख आतिथ्यमा संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, बरिष्ठ साहित्यका रोचक घिमिरे, अभिनेता निखिल उप्रेतीले दाहालद्वारा खिखित कविता सग्रह ‘शब्द-संग्राम’ लोकार्पण गरे ।
‘दयाराम दाहाल नेपाली चलचित्र क्षेत्रको एक गह्रौं नाम हो, थुप्रै राम्रा चलचित्र बनाउनुभएको छ, अहिले कविता पनि देश, जनता अझ बिशेष गरी राजनीतिक गर्ने मानिहरुका लागि कविता सग्रह ‘शब्द(संग्राम’ प्रकाशित भएको अनुभुत गरेको छु’ कार्यक्रमका बीच बोल्दै मन्त्री पोखरेलले बताए ।
डिकुरा पब्लिकेशनद्धारा प्रकाशित ‘शब्द(संग्राम’ मा निर्देशक तथा लेखक दाहालले आफ्नो चलचित्र क्षेत्रको शरुवाती काल खण्डदेखि वर्तमान अवस्था सम्मको कुराहरु उतारेका छन् ।
पुस्तकको मूल्य २९९ रुपैयाँ तोकिएको छ ।
यो समाचार कलाकारिता टिमबाट सम्पादन गरिएको छैन ।
तपाईंको प्रतिक्रिया