जान्नुस् फिल्ममा सलमान खान किन शर्टलेस हुन्छन् − Kalakarita
जान्नुस् फिल्ममा सलमान खान किन शर्टलेस हुन्छन्

मंगलबार, चैत्र ६, २०७४, १० : १७कलाकारिता

मुम्बई – बलिउडका सुल्तान र सुपरस्टार सलमान खान प्रायः सबै फिल्ममा शर्टलेस हुन्छन् । उनी आफ्ना हरेक फिल्ममा कुनै न कुनै माध्यमबाट आफूले लगाएको शर्ट उतारेर सिक्स प्याक देखाउने गर्छन् । उनका फ्यानले पनि सलमान खानलाई शर्टलेस हेर्नका लागि दिवाना हुन्छन् । यसका पछाडि के कारण छ त?

सलमान खानले यस कुराको खुलासा एक अन्तर्वार्तामा दिएका छन् । आजभोलि उनी आफ्नो फिल्म ‘रेस ३’ मा व्यस्त छन् । उनले ट्वीटरमा आफ्नो फिल्मको मोसन पोस्टर पनि शेयर गरेका थिए ।

उनले आफू शर्टलेस हुने कारण खुलाउँदै भनेका छन्, ‘यदि राम्रो बोडी छ भने किन नदेखाउने?’

उनले आफ्नो सिस प्याक बोडी भएकाले देखाउँदा कुनै फरक नपर्ने कारणले गर्दा देखाउने गरेको बताएका छन् । अझै उनले के पनि भनेका छन् भने कहिलेकाहीं त उनी शर्टलेस भएर बाटोतिर पनि निस्किन्छन् रे ! उनले भन्छन्, ‘यदि यसले कसैलाई फरक पार्छ भने उनीहरु त्यहाँबाट जान सक्छन् ।’

 


तपाईंको प्रतिक्रिया